११ जना डिआइजी एआइजीमा बढुवा

१९ साउन ०७४, काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो ।

एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

बम र चन्द आईजीपीका दाबेदार थिए । चन्दलाई त प्रचण्ड सरकारलाई प्रहरी प्रमुख नियुक्त पनि गरेको थियो । तर, सर्वोच्चले उनको नियुक्त खारेज गरेपछि प्रकाश अर्याल प्रहरी प्रमुख भए । आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका डीआईजी नवराज सिलवाल भने बढुवा सिफारिसमै परेनन् । उनको मुद्दा अझै सर्वोच्चमा विचाराधीन छ ।

तपाइको मत