२९ फागुन ०७५, राजविराज । १५ दिनदेखि विद्यालय नगएका एक विद्यार्थी आफ्नै डेरामा पासो लागेको अवस्थामा मृत फेला परेका छन् ।
सदरमुकाम राजविराज स्थित ह्यापील्याण्ड सेकेन्ड्री स्कूलमा कक्षा ९ मा अध्ययनरत १८ वर्षीय गौतम यादव बुधवार आफ्नै डेरामा पङ्खाको फलामे रडमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
सप्तरीको तिरहुत गाउँपालिक–५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय छोरा गौतम अध्ययनकै लागि राजविराज–३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए । उनी १५ दिनदेखि विद्यालय न आएको विद्यालय श्रोतले जनाएको छ ।
डेरा नजिकै रहेको विद्यालय विगत १५ दिनदेखि नगएको र बुधवार विहान पनि उनी बस्ने कोठामा कुनै हलचल नदेखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको घर धनी साहले बताए ।
प्रहरीले ढोका खोलेर हेर्दा गौतमको शव झुण्डिएको अवस्था फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले मुचुल्का उठाई गौतमको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याएको छ ।
घटना स्थलको प्रकृति हेर्दा आत्महत्या गरेको प्रष्टै बुझिएको रहेको तर थप अनुसन्धान भने भइरहेको एक प्रहरी कार्यालयले जानकारी दिए ।