अनिश्चितकालीन इन्धन आपूर्ति ठप्प पार्ने ट्याङ्कर चालकहरुको चेतावनी

20160225_093756

८ फागुन, काठमाडौं । ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिले हालै नेपाल आयल निगमले कार्यान्वयनमा ल्याएको ढुवानी विनियावली २०७३ आफूहरुको हितमा नभएको भन्दै अनिश्चितकालका लागि इन्धनको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको छ ।

निगमले गत पुसदेखि कार्यान्वयनमा ल्याएको उक्त विनियावलीमा आफूहरुलाई बेरोजगार बनाउने व्यवस्था रहेको भन्दै समितिले मजदुरको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने खालका प्रावधान विनियावलीबाट हटाउनु पर्ने माग अघि सारेका छन् ।

वार्ता र सम्वादको माध्यमबाट निगमले फागुन १४ गतेभित्रमा मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए आगामी १५ गतेदेखि भारत र नेपालको डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने समितिले चेतावनी दिएका छन् ।

समितिले शुक्रबार नै नेपालको सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन गरिसकेका छन् । जसका कारण उपत्यकासहित देशभरका पेट्रोल पम्पमा आइतबार साँझसम्म इन्धन अभाव देखिएको छ ।

तपाइको मत