२ माघ, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अन्ततः कांग्रेस, एमाले र एमाओवादीको प्रस्तावमा सहमत भएका छन् । मधेश आन्दोलन उधारोमा सहमति नहुने अडान लिएर बसेका मधेशी मोर्चाले शनिबार कार्यदलसँगको बैठकमा राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सिमाङ्कनको विषय टुग्याउने सहमति गरेको छ ।
शनिबार तीन दलका शीर्ष नेताहरुले सहमतिका लागि प्रस्ताव गरेपछि मधेशी मोर्चाका नेताहरु राजनीति संयन्त्र र त्यसका लागि बन्ने टीओआरलाई संसदबाट पास गराउने निर्णय गरेपछि मोर्चाले संयन्त्र बनाउन तयार भएका हुन् ।
‘हामीले उधारो सहमति ग¥यांै, तपाईहरुबाट कुनै धोका हुनु हुँदैन’ तमलोपा उपाध्यक्ष ह्रदयश त्रिपाठीले बैठकमै भने, ‘यसअघि भन्दै आएका थियौं, यसपाली उधारो सहमति हुँदैन । तर संयन्त्र बनाउन तयार भयौ । अब यसलाई कसरी सञ्चालन गर्ने ? संयन्त्रले के के काम गर्छन् ? यसको कार्यविधि के हो ? यस बारेमा प्रष्ट पार्नुस् अनिसंयन्त्रको कार्य अघि बढ्छ ।’
बिराटनगर नाकामा प्रहरीको कुटाईबाट पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइतेपछि सरकारले माफी नमागेसम्म सरकारसँग कुनै वार्तामा नबस्ने निर्णय गरेको सद्भावना सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण शनिबारको कार्यदलको बैठकमा सहभागि भएका थिए ।