६ असार ०७४, अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु र ९ जना घाइते भएका छन ।
पाणिनी गाउँपालिकामा लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो ।
घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए ।
कांग्रेसले असार १४ गते हुने स्थानीय तहको चुनावका लागि उक्त जीप प्रचार-प्रसारमा लगेको थियो ।













