१ भदौ ०७४, नवलपरासी । अवरुद्ध दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर राउतले अवरुद्ध सडक २४ घन्टाका लागि बन्द गरेर मर्मत गरिएपछि बिहान २ बजेबाट यातायात सञ्चालन भएको बताए ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको थियो ।
प्रहरी निरीक्षक राउतले यसअघि साना सवारी साधन पास भएको भए पनि ठूला सवारी साधन पास हुन सकेका थिएनन् । अहिले दुवैतर्फबाट पालैपालो साना तथा ठूला सवारी साधन पास गराइएको बताए ।