अाफूहरू भोट हाल्ने, जनतालाई चाहिँ भोट नहाल भन्ने ? – उपेन्द्र यादव

३० जेठ ०७४, बिराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको मताधिकारलाई रोक्ने समर्थ्य राजपा नेपालको आमहड्तालमा नरहेको बताएका छन् ।

बिराटनगरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले राजपाले चुनाव वाहिस्कार गर्ने भन्दैमा र केही कार्यकर्ता सडकमा उतार्दैमा चुनाव नरोकिने बताएका हुन् ।

जनता चुनावको पक्षमा रहेको बताउँदै नेता यादवले मधेसका नेता भन्नेहरुले प्रधानमन्त्रीको चुनावमा भोट हाल्ने अनि जनतालाई चाहिँ भोट नहाल भनेर दोधारे चरित्र देखाउन नमिल्ने बताए ।

‘पश्चिम पहाडमा विप्लवले रोकेकै हुन् । बम पनि हानेकै हुन् । तर पनि ७४ प्रतिशत मतदान भयो’ नेेेता यादवले भने, ‘जनता मतदान चाहन्छ, निर्वाचित संस्था चाहन्छ ।’

आन्दोलनका कारण एकाध ठाउँमा चुनाव प्रभावित भएपनि पूर्ण रुपमा नरोकिने उनले बताए ।

जनयुद्ध र जनआन्दोलनपछि शक्ति र सामर्थ्य गुमाएकाहरुले फेरि शक्ति आर्जन गर्न खोजेको भन्दै उनले तोकिएकै समयमा तीन चरणको चुनाव गर्न नसकिए आन्दोलनका उपलब्धि गुम्ने समेत बताए ।

 

तपाइको मत