आजदेखि त्रिवि शिक्षण अस्पतालमा पठन-पाठन र वहिरंग सेवा ठप्प

१८ साउन ०७४, काठमाडौं । आजदेखि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले  पठन–पाठन र वहिरंग सेवा ठप्प पारेका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै ११ औं पटक अनसनरत डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दवाव दिन नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले त्रिवि शिक्षण अस्पतालमा पठन–पाठन र वहिरंग सेवा ठप्प पारेको हो  ।

डा. केसीको माग सम्बोधन गर्न सरकार संवेदनशील नदेखिएकाले पठन–पाठन बन्द गरेर वहिरंग सेवा बहिस्कार गरिएको एशोसिएसनका महासचिव डा. अमित यादवले जानकारी दिनुभयो । अस्पतालको वहिरंग सेवा बन्द भएपछि उपचारका लागि गएका विरामीहरु मर्कामा परेका छन् ।   सरकारले डा. केसीका माग तत्काल सम्बोधन नगरे शल्यक्रिया कक्ष समेत बहिस्कार गर्ने आवासीय चिकित्सकले चेतावनी दिएका छन् ।

महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु कुमारी झाले विद्येयक बन्ने क्रममा रहेकाले अनसनमा बस्नुको कुनै अर्थ नरहेको बताउनुभयो । चिकित्सा शिक्षा विद्येयकका सम्वन्धमा वार्ता अड्किएपछि पाँचौें वार्ता समेत असफल भएको थियो ।

चिकित्सा शिक्षा विद्येयकमा संशोधन गर्नु स्वभाविक भएको भन्दै डा. केसीले सरकारी जागिर खाएर  सरकार विरुद्ध नै  अनसन बस्न नमिल्ने रअनसनको कुनै औचित्य नभएको झाले टिप्पणी गरे ।

यसैबीच डा. केसीको माग सम्बन्धमा सरकारी निकाय र जनप्रतिनिधिले गैर जिम्मेवारी पुर्ण अभिव्यक्ति दिन थालेका छन् । जसका कारण डा. केसीको ११ औं पटकको अनसन १० औं दिन सम्म जारी रहँदा समेत समस्याको समाधान हुन सकेको छैन ।

तपाइको मत