आदिवासी, जनजातिले अधिकार माग्दा साम्प्रदायिक र मधेशीले अधिकार माग्दा विखण्डनकारी ?

९ बैशाख, पाँचथर ।

ashok-raiसङ्घीय समाजवादी फोरमका नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी, जनजातिले अधिकार माग्दा साम्प्रदायिक र मधेशीले अधिकार माग्दा उनीहरुलाई विखण्डनकारी भनिएको भनी आरोप लगाएका छन् ।

पाँचथरको फिदिम पुगेका नेता राईले आदिवासी, मधेसी, मुस्लिम, दलित लगायत समुदायलाई किनारा लगाएर जारी गरिएको संविधान कामै नलाग्ने भएको बताउँदै दुईवर्ष भित्रमा व्यवस्थापिका–संसदबाट सशोधन गराएर काम लाग्ने बनाउनु पर्ने बताए ।

उनले सयौँ वर्षदेखि वर्तमानसम्म पनि शासन सत्तामा ब्राह्मण समुदायको मात्रै वर्चस्व भएकाले यो सत्ता एकल जातीय राज्य भएको आरोप समेत लगाए ।

तपाइको मत