४ चैत्र, काठमाडौं । आपुर्तिमन्त्री गणेशमान पुनले भविष्यमा इन्धन संकट हुन नदिने प्रयासस्वरुप नेपालमा ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काम अघि बढिरहेको र त्यसका लागि चीनसँग सहयोग माग्ने तयारी भैरहेको जानकारी दिइएता पनि मन्त्री पुन ओलीको चीन भ्रमण टोलीमा परेनन् ।
व्यापार र सरकारस्तरबाट हुने दुईपक्षीय सम्झौताको मस्यौदा आपूर्ति मन्त्री गणेशमान पुनले अर्थमन्त्रालय, परराष्ट्रमन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राय सुझावसहित अनुमोदन गराइसकेका थिए । आपुर्ति मन्त्री पुनले चीनसंगको सम्झौताकालागि मन्त्रालय स्तर र व्यतिगत तर्फबाट पनि पहल गर्दै आएका थिए । व्यगित पहलकालागि आपुर्ती मन्त्री पुन दशैताका चीन भ्रमणमा पनि गरेका थिए । तर तिनै आपुर्तिमन्त्री पुनलाई ओलीको भ्रमण टोलीबाट एकाएका हटाएर नयाँ सूची तयार गरिएपछि इन्धन सम्झौता ओली सरकारको प्राथमिकता होइन भन्ने प्रष्टिएको छ । चीनको भ्रमणमा एक्लै गएर इन्धन सम्झौताको मार्ग प्रशस्त गरेका आपुर्तिमन्त्री चीनसँग विशेष सम्बन्ध भएका मन्त्री मानिन्छन् ।