देशका विभिन्न नाकाबाट मंगलबार १९२ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट १३ ट्यांकर डिजेल, ३ ट्यांकर पेट्रोल, १ ट्यांकर मट्टितेलसहित ११५ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
विराटनगर–जोगबनी नाकाबाट १० ट्यांकर डिजेल, ३ बुलेट ग्यास र १५३ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा–सुनौली नाकाबाट ५२ ट्यांकर डिजेल, १४ ट्यांकर पेट्रोल, १ बुलेट ग्यास, २ ट्यांकर मट्टितेल र १९९ वटा अन्य मालवाहक सवारी नेपाल भित्रिएका छन् ।
नेपालगञ्ज–रुपैडिहा नाकाबाट ४० ट्यांकर डिजेल, ५ ट्याङ्कर पेट्रोल, ७ ट्यांकर हवाइ इन्धन, ३ ट्यांकर मट्टितेल र ८२ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् । यसैगरी धनगढीको गौरीफन्टा नाकाबाट पनि ३८ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएको छ ।