२२ असार, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले इद उल फितर आज र भोलि मनाउँदै छन् । तिथि अनुसार आज इद भएपनि नेपालका मुस्लिम समुदायले भोलि मनाउने छन् ।
पात्रो अनुसार इद आज भए पनि नेपालका मुस्लिम समुदायले आज नमनाउने भएकाले सार्वजनिक बिदा दिइएको छैन । मुस्लिम समुदायले निवेदन दिएपछि मात्र गृह मन्त्रालयले सार्वजनिक बिदाको घोषणा गर्ने भएकाले आज निवेदन आए भोलि सार्वजनिक विदा दिने गृह मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इदका अवसरमा शुभकामना दिदै नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने इदुल फित्र चाँडको पनि आफ्नो छुट्टै मौलिकता, संस्कृति र परम्परा रहेको भन्दै सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सदभाव, सहिष्णुता र एकताका लागि कामना गरेका छन् ।