२ असार, काठमाडौं । ग्रेडिङ प्रणालीबाट एसएलसीको नतिजा सार्वजनिक गरिएको छ । एसएलसीको इतिहासमा पहिलोपटक ‘ए प्लस’ देखि ‘ई’ ग्रेड सम्म नतिजा सार्वजनिक भएको छ ।
यस वर्ष एसएलसी परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य छन् । यो १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थी संख्या हो ।
०.८ देखि १.२ सम्म जीपीए ल्याएका ८ हजार र ०.८ जीपीए ल्याएका ११ जना विद्यार्थीले भने ११ कक्षामा भर्ना हुन पाउने छैनन् । उनीहरुले टीएसएलसी पढ्न साथै कम्तिमा दुई वटा विषयमा पुनः परीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्ने छन् । पुनः परीक्षा साउन १४ देखि २१ गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सामान्यत: कति अंक आयो ? भन्ने बारेमा विद्यार्थी र अभिभावक अन्यौलमा रहेकाले ग्रेडिङ सिस्टमलाई यसरी स्पष्ट पार्ने कोशिस गरिएको छ ।

चार्ट: अनलाइनखबरबाट ।