३ वैशाख, काठमाडौं ।
हाल धरानमा रहेकी दाङको उच्च मावि डाँडा गाउँ कक्षा ८ मा अध्ययनरत एमालेकी पूर्व सभासद समेत भइसकेका शान्ता चौधरी जिल्लास्तरीय परीक्षामा प्रथम श्रेणीमा उत्तिर्ण भएकी छन् ।
फेसबुकमा चौधरीले लेखेकी छिन्, ‘धेरैलाई हासाे लाग्दाे हाे तर मलाई जीवनकै सर्वाेच्च उपलब्धी लागेकाे छ- मैले कक्षा अाठ पास गरे। जिल्ला स्तरीय परीक्षा थियाे। घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकाे थिइन। अाफूलाई फेल हुन्छु भन्ने कत्राे चिन्ता थियाे तर पास भएछु। पास मात्र हाेइन फस्ट डिभिजन अाएछु।’
चौधरीले जिल्लास्तरीय परिक्षामा पास हुनुलाई मन्त्री हुनुभन्दा ठूलो उपलब्धि भन्दै लेख्छिन्- ‘मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुशीको कुरा हो भन्छन्, तर ८ कक्षा पास गर्नु मेरा लागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो ।’