२३ मंसिर ०७४, मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले नेता लालबाबु पण्डितसँग पराजित भएका छन् ।
मतगणनाअनुसार पण्डितले कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका हुन् ।
पण्डितले ३३ हजार ९४१ र कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सांसद पण्डितले मुलुक अव समृद्दिको बाटोमा अघि बढ्ने र देशले मुहार फेर्ने अपेक्षा व्यक्त गरे । साथै सबैलार्इ समेटेर अाफ्नो क्षेत्रको विकास गर्ने उनले प्रतिबद्दता व्यक्त गरे ।