२३ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसको सभापति उमेद्वारको मतगणना १० बजेबाट सुरु हुँदैछ । अहिले मनोनित महाधिवेशन प्रतिनिधिलाई मतदान अधिकार दिने नदिने विषयमा काँग्रेस केन्द्रिय समिति निर्वाचनमा बिबाद भएको छ । मनोनित ३० जना सदस्यले मतदान गर्न जाने क्रममा देउवा र सिटौला पक्षले बिबाद गरेका हुन् ।
मतदान अधिकृत धर्मराज खनालकाअनुसार मनोनित प्रतिनिधिको लागि धारा (ङ) को व्यवस्था अनुसार भोटिङ्ग राईट दिने व्यवस्था रहेनछ । देउवा पक्षले उनीहरुको मतदान गर्ने अधिकार नभएको भन्दै बिबाद गरेपछि र तत्कालिन सभापति स्व. सुशिल कोइरालाले मनोनित गरेका ३० जनालाई मतदान गर्न दिने नदिने भन्ने छलफल भइरहेको छ ।
तर उनीहरुको भोटिङ्ग लिष्टमा नाम भएको भोट हाल्न पाउनुपर्ने संस्थापन पक्षको माग छ । यस विषयमा मतदान सकिएपछि निर्णय गरिने निर्वाचन समितिका सचिव प्रदिप पराजुलीले बताए ।