काग्रेसमा सैद्धान्तिक विचलन र निष्ठावान कार्यकर्ता अपमानित – महेशकुमार

८ जेठ, काठमाडौ ।

NE.KA.नेपाली काग्रेस ओखलढुंगाका पुराना नेता तथा पूर्व जिविस सभापति एवम आदिबासी जनजाति विकास समितिका केन्द्रीय उपाध्यक्ष महेशकुमार कोर्मोचाले पार्टी सिद्धान्त र मूल्य-मान्यताबाट पूर्ण रुपमा च्यूत भएकाले निष्ठावान कार्यकर्ता अपमानित हुनु परेको बताएका छन् । साथै उनले काग्रेस बाहुबल र डनबादमा फसेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन् ।

शुक्रवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर ओखलढुंगाका पूर्व जिविस सभापति, पार्टी सभापति एवम आदिबासी जनजाति विकास समितिका केन्द्रीय उपाध्यक्ष महेशकुमार कोर्मोचा, ओखलढुंगा काग्रेसका पूर्व उपसभपाति लक्ष्मिप्रसाद बाँस्कोटा, तरुण दलका पूर्व अध्यक्ष भक्तबहादुर कटवाल, क्रियाशिल सदस्यहरु प्रभुराम श्रेष्ठ र दिपबहादुर भुजेलले पार्टी परित्यागको घोषणा गरेका हुन ।

कोर्मोचाले पत्रकार सम्मेलनमा सैद्धान्तिक विचलनको कारण पार्टी दिशाहीन बनेको भन्दै देश र जनताप्रतिको दायित्व पुरा गर्न नसक्ने देखेर पार्टीको सबै पद र साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका हुन ।

पूर्व उपसभपाति बास्कोटाले काग्रेस पैसा र बाहुबलको कब्जामा गएकोले निष्ठावान कार्यकर्ता अपमानित भएर रहनु पर्ने अवस्था आएको भन्दै काग्रेसबाट देशलाई थप लुटिनबाट बचाउन पनि आफूहरुले साधारण सदस्य समेत नरहेन गरी पार्टी परित्याग गरेको दावी गरे ।

तपाइको मत