६ साउन ०७४, काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग निर्माण आयोजना व्यवस्थापनको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले द्रुतमार्ग निर्माण सम्बन्धी भइरहेको गतिविधिबारे जानकारी लिएका छन् ।
स्थलगत निरीक्षणका क्रममा रथी थापाले निजगढ, बुदुनी र दोभान (सिस्नेरी) मा दु्रतमार्ग निर्माणको सिलसिलामा खडा भएका बेस क्याम्पहरु अवलोकन गरे ।
थापाले पाइलट ट्रयाकमा खसेका पहिरोहरुबाट उत्पन्न भएका अवरोध हटाएर सडक निर्माणलाई गति दिन निर्देशन दिए । उनले सडक निर्माण सम्बन्धी अन्य थप गतिविधिको जानकारी समेत लिए ।