कार्यकर्ताहरू रिहाइ नभएपछि विप्लब माओवादीको नेपाल बन्द !

२६ जेठ, काठमाडौ । विप्लब नेतृत्वको माओवादीले आफ्ना नेता कार्यकर्ताहरूकाे रिहाइकाे माग गर्दै बिहीबार नेपाल बन्दकाे घोषणा गरेको छ । साथै उसले भोलिको नेपाल बन्द विशेष हुने बताएको छ ।

झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने मागसहित बन्द कार्यक्रम राखिएको विप्लब माओवादीका एक नेताले हाकाहकी डटकमलाई बताए ।

तपाइको मत