गुल्मीमा आगोलागीबाट ३० भन्दा बढी घर जलेर नष्ट

१८ बैशाख,  गुल्मी ।

Fire

स्थानिय सामुदायिक वनबाट फैलिएको आगो वडागाउँ गाविसको वडा नं. १ र २ दजाकोट भन्ने स्थानमा पुग्दा फैलिएपछि ३० भन्दा बढी घर आगोलागीबाट जलेर नष्ट भएको छ ।

प्रहरी प्रशासन र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेता पनि हावा-हुरी र पानीको अभावका कारण आगो निभाउने काम नियन्त्रण भन्दा बाहिर गएको छ । आगोलागीबाट भएको क्षतिबारे बिस्तृत जानकारी आउँन बाँकी छ ।

यसैगरी जिल्लाको थानपति गाविसको खनिया रुख भन्ने स्थानमा लागेको आगोबाट २ गोठ र केहि घरमा आशिंक क्षती भएको स्थानीय दामोदर पोखरेलले बताए ।

तपाइको मत