चीनसँगको व्यापार सम्झौता कार्यान्वयन हुन नदिन सरकार ढाल्ने खेल

२२ बैशाख, काठमाडौं । एनेकपा माओवादीले कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्ने निर्णय सार्वजनिक भएलगत्तै सत्तारुढ दल एमाले लगायत सत्ताको रसपानमा रमाइरहेका केही साना दलमा खैलाबैला मच्चिएको छ ।
चीनसँगको ऐतिहासिक र दीर्घकालिन व्यापार सम्झौताको कार्यान्वयन हुन नदिन दिल्लीको योजनामा फालिएको ‘प्रधानमन्त्री कार्ड’ कांग्रेस र एमाओवादी मध्ये कसको पोल्टामा जाने हो निश्चित नभए पनि यो कार्डले नेपाली राजनीतिक आकासमा नयाँ हलचल भने ल्याइदिएको छ ।
 “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानलाई दह्रिलो बनाउँदै उत्तरी छिमेकी चीनसँग गरेको ऐतिहासिक एवं दीर्घकालीन महत्वको व्यापारिक सम्झौताको कार्यान्वयन हुन नदिई नेपाललाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्ने योजना अन्तर्गत सरकार ढाल्ने खेल भएकोमा दुई मत छैन्” प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार प्रमोद दाहालले आफ्नो फेसबुकमा लेखेका छन् – “राष्ट्रबादको खोल ओढेका कथित क्रान्तिकारीहरु विदेशीहरुको योजनामा कसरी पर्दा रहेछन् भन्ने कुरा अब त झनै छर्लङ भएको छ ।”

dahal

उनले देशलाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्न सरकार गिराउने खेल सुरु भएको समेत आरोप लगाउँदै “अपराधकर्मबाट आएकाहरु जहिले पनि आफुलाई असुरक्षित महसुस गरिरहेका हुन्छन्” भन्दै एमाओवादीप्रति लक्षित गरी “अहिलेको सरकार परिवर्तनको खेल धेरै दाऊ मध्येको यो एउटा दाऊ भएको बताएका छन् ।
प्रमोद दाहालको उक्त पोष्टको कमेन्ट गर्दै रोशन खड्काले यस्तो लेखेका छन् :
राजदुत नियुक्त गर्दा आधा घण्टा अघि नाम माग्ने, न्यायाधीश नियुक्तिमा मनोपोली गर्ने, अर्काको मन्त्रालयका महत्वपूर्ण नियुक्ति आफै गर्न खोज्ने, सत्ता साझेदारलाई रैती जस्तो व्यवहार गर्ने, सरकारले मांखो नमार्ने, हुने नहुने भाषणबाज़ी मात्र गर्ने ! यस्तालाई माओवादीले सहयोग गरिरख्नुपर्ने कहा लेखेको छ ? आफनो स्वार्थ मिल्दा लम्पसार पर्ने नमिल्दा भारतलाई गाली गरेर राष्ट्रवादी भइन्छ ? ओली कमरेडको कार्यशैली र असफल नेतृत्वको कारण माओवादीले यो निर्णय गरेर राम्रो काम गर्यो !
khadka

एमाओवादीले सरकार छाड्ने निर्णय लिनुको कारण भारतको डिजाइन कि अन्य केही छ ?

अचानक एमाओवादीको सरकार छाड्ने निर्णयलाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् भने केहीले ‘भारतको ग्राण्ड डिजाइन’ पनि भनेका छन् । तर, यथार्थ अर्कै छ । एमाओवादी वृतबाट सार्वजनिक एक पत्रलाई हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाओवादीलाई रेस्पोन्स नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।

सम्बन्ध बिग्रिनुको कारण (प्रमाणसहित)

Prachanda-Letter (1)

तपाइको मत