जयपृथ्वी राजमार्ग ६ दिनपछि सञ्चालन

२८ असार, बैतडी । बैतडीको खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग ६ दिनपछि सञ्चालनमा आएको छ ।

गत बिहीबार रातिको बर्षाका कारण झरेको पहिराले अवरुद्ध राजमार्ग दिनपछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी नरेन्द्र चन्दका अनुसार पहिराका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग लामो प्रयासपछि सञ्चालनमा आएको हो ।

मटेला– ३ मा पर्ने जाल्या बगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिराले अवरुद्ध राजमार्गको पहिरो बैतडी र डडेल्धुराबाट ल्याइएको डोजरले  पन्छाएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र पर्नाका साथै जिल्लामा खाद्यान्न अभाव हुने खतरा देखिएको थियो ।

तपाइको मत