९ मंसिर, काठमाडौं । जापानमा स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ । त्यही क्षेत्रमा तीन दिन अघि मात्र ७.१ रेक्टरको भूकम्प गएको थियो ।
यो भूकम्पपछि आधा घन्टाको बीचमा लगातार तीन पटकसम्म ४.६ देखि ३.८ का पराकम्प गएको पराकम्प गएको छ । तर, अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको प्राप्त भएको छैन ।