ट्रम्पले महान्यायधिवक्ता र सीआईए अध्यक्ष चयन गरे

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अलाबामाबाट रिपब्लिकन नेता सिनेटर जेफ सेशन्सलाई महान्यायधिवक्ता पदमा र क्यानसबाट ‘टी पार्टी’ अभियानसँग सम्बन्धित रहेका माइक पोपेयलाई अनुसन्धान एजेन्सी सीआईएका अध्यक्ष पदका लागि चयन गरेका छन् ।

सन् १९८० मा नस्लवादी टिप्पणी गरेका कारण सेशन्सलाई कांग्रेसले संघीय न्यायधीश बनाउन इन्कार गरेको थियो । तर, ट्रम्पले जेफ सेशन्सलाई विश्वस्तरका कानूनी जानकार बताएको छ ।

यसअघि ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारपदका लागि सेवानिवृत्त जनरल माइकल फ्लिनलाई छानिसकेका छन् ।

तपाइको मत