तत्काल ओली सरकार परिवर्तन सम्भव छैन् – बिजुक्छें

२० असार, भक्तपुर ।

Bijukxeनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षत्कार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोली भरिएको बन्दुक भएको र यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरि निर्वाचनमा जान सकिने बताए ।

बिजुक्छेंले नेपालमा रहेका ठूला राजनीतिक दलहरुमा १० प्रतिशत र २२ हजार कर्मचारी भारतको एजेण्डा भएको भन्दै भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको बताएका छन् ।

भारतीय राजदुत रञ्जीत रे नेपालमा राजदुतको भन्दा पनि गुप्तचरको काम गरेको आरोप लगाउँदै बिजुक्छेंले राजदुत रेलाई नेपाल सरकारले तत्काल भारत फिर्ता गर्नु पर्ने जोड दिएका थिए ।

अर्को एक प्रसङ्गमा उनले पैसाको चलखेलकै कारण नक्कली डाक्टर उत्पादन भएको र यसमा सरकारमा सामेल तथा अन्य ठूला राजनीतिक दलका ब्यक्तिहरुको समेत संलग्नता रहेकाले बेलैमा पहिचान गरि कारवाही गर्न नसके नेपालकै लागि घातक सावित हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भारत सशंकित भएको र आफ्नो एकाधिकार पुँजीको बर्चस्व तोडिन लागेको संकेत पाएकाले नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाउन पछिल्लो समय भारत परिवर्तन भएको बिजुक्छेंको भनाइ छ ।

तपाइको मत