त्रिभुवन विमानस्थलमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइयो

७ बैशाख ०७५, काठमाडौं । त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो ।घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो ।

लामो समयको प्रयासपछि  रेनवे बाहिर फसेको विमानलाई तानेर हेलिकप्टर पार्किङस्थलमा लगेर राखिएको हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थल प्रमुख क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमान रन वेबाट चिप्लिएर चौरमा पुगे पनि विमानमा सवार १३९ यात्रु सबै सकुशल रहेको क्षेत्रीले बताए ।

तपाइको मत