देउवा र कटवालविरुद्द उजुरी दर्ता भए !

१४ जेठ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगमा तात्कालिन प्रधानमन्त्री तथा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालविरुद्द उजुरी दर्ता भएका छन् ।

r-d

कालिकोटको कोटवाडामा ०५९ साल फागुन ११ गते मारिएका १४ मजदुरका आफन्तले  देउवा र कटवाल साथै तत्कालीन कालिकोट प्रजिअ र कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका हुन् ।

धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका १७ जना त्यतिबेला विमानस्थलमा मजदुरी गर्ने मजदुरहरु  लगायत तात्कालिन सेनाको आक्रमणमा ३५ मारिएका थिए ।

कोटवाडामा मारिएका मजदुर :

१. चित्र बहादुर प्रजा–धादिङ, २.डिल्ली प्रजा –धादिङ, ३. शेर बहादुर प्रजा–धादिङ, ४.कुम्ले प्रजा–धादिङ, ५.राम बहादुर प्रजा–धादिङ, ६.विकास प्रजा–धादिङ, ७. टेक बहादुर विक–धादिङ, ८.सानु विक–धादिङ, ९. टेक बहादुर गुरुङ–धादिङ, १०. गोकर्ण बहादुर गुरुङ–धादिङ, ११.कान्छा प्रजा–धादिङ, १२.मन्जु थापामगर–धादिङ, १३. बुद्द बहादुर प्रजा –धादिङ, १४. राजकुमार श्र्रेष्ठ–धादिङ, १५. राजकुमार विक–धादिङ, १६. भिम बहादुर थापामगर–धादिङ, १७ ज्ञान बहादुर थापामगर–धादिङ, १८. जतारे लतामगर– तनहुँ, १९. प्रदिप राई–इलाम, २०. कुमार थापा–गोरखा, २१. प्रेम लामा (माइला) –काभ्रे, २२. हर्क तामाङ–रामेछाप, २३. पासाङ लामा–काभ्रे, २४. बुद्दमान च्याङ्बा–मकवानपुर, २५.चित्र बहादुर राई–सोलुखुम्बु, २६. निरकुमार खत्री–भोजपुर, २७. कृष्ण थापा–मोरङ्, २८. लालबहादुर कठायत –कोटवाडा, २९. भिम बहादुर कठायत–कोटवाडा, ३०. गोर्खे कठायत –कोटवाडा, ३१. गणेश विष्ट–कोटवाडा, ३२. टेक विष्ट–कोटवाडा, ३३. गंगा विष्ट–कोटवाडा, ३४. तेन्जिङनोर्बु शेर्पा–सोलुखुम्बु, ३५. नोर्बु शेर्पा–सोलुखुम्बु

घटनाबिरुद्ध १४ पीडित परिवारले सर्वोच्च अदालतमा उजुरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन ।

तपाइको मत