धम्क्याएर पैसा असुल्न खोज्ने दुई प्रहरीको फन्दामा

९ जेठ, काठमाडौं । व्यवसायीलाई धम्क्याएर पैसा असुल्न खोजेको आरोपमा अपराध महाशाखा काठमाडौंको टोलीले खोटाङका पुष्पराज राई र हस्तराज राईलाई पक्राउ गरेको छ ।

विगत १७ दिन देखि काठमाडौंको वुद्धनगरस्थित कन्काइ सुन चाँदी पसलका व्यवसायी राजेश रसाइलीलाई फोन गरेर १ करोड फिरौती मागेको आरोपमा पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले बताए ।

फिरौती नदिए छोराछोरी अपहरण गर्नेदेखि मार्ने धम्की दिएपछि पीडितहरु अपराध महाशाखा पुगेका थिए ।

 

तपाइको मत