
२८ माघ, राजविराज । धर्मीहल्फा महिला विकास क्लवले सप्तरी जिल्लाको बिसहरीया गाविस ७ भेल्ही रामबस्तीका राम समुदायलाई कम्बल वितरण गरेको छ ।
पछिल्लो केही दिन यता जाडो बढदै गएपछि न्यानो कपडाको अभावमा स्थानीय राम समुदायलाई समस्या भइरहेको जानकारी पाएसँगै क्लवले बिहीबार भेल्हीका ४० परिवार राम समुदायलाई न्यानोका लागि कम्बल वितरण गरेको हो ।

भेल्हीस्थित राम समुदायमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष सुर्यनारायण यादब, प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव, पूर्वगाविस सचिव देवनारायण यादव लगायतले राम समुदायलाई कम्बल हस्तान्तरण गरेका हुन् ।
यस अघि उक्त क्लबले गत सोमबार तोपास्थित मुसहर वस्ती, डोमबस्तीमा आयोजित कार्यक्रममा स्थानीय मुसहर र डोम समुदायलाई कम्बल वितरण गरेको थियो । त्यस्तै क्लवले छिन्नमस्ता गाविसस्थित सखडाका ८५ परिवारलाई पनि कम्बल वितरण गरेको थियो ।













