२० मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा नेपालमा भइरहेको आन्दोलनलाई ऐक्वद्धता जनाउँदै विरोध प्रदर्शन भएको छ ।
सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने गरी प्रस्ताव गरेको भन्दै एमाले, राष्ट्रिय जनमोर्चा, माले, नेमकिपालगायतले गरेको विरोधलाई समर्थनस्वरुप प्रवासी नेपालीका चार संगठनले ऐक्यवद्धता जनाएको बताएको छ ।
भारतमा रहेका नेपालका राजनीतिक दलका भातृ-संगठनहरुले भारतीय हस्तक्षेपको दबाबमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाउँदै जन्तरमन्तरमा भेला भएर जुलुस निकालेका हुन् ।
राष्ट्रघाती नेता र भारतीय बिस्तारवादको खेललाई बन्द गर्न खबरदारीका लागि बिरोध-सभा कार्यक्रम आयोजना गरिएको कपिल खनालले बताए ।