३ असार, काठमाडौँ ।
नयाँ संविधान जारी भएसँगै ०७२ असोजमा एमाओवादीबाट अलग भएका डा.बाबुराम भट्टराईले ०७३ जेठ ३० गते प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय राजदूत लगायत अन्य मुलुकका दूत र प्रतिनिधिहरुलाई मञ्चमा उभ्याएर नयाँ शक्ति नेपाल नामको पार्टी घोषणा गरे । तर, दुई खनालको पद लोलूपताका कारण छलफल सत्रमा बबाल भएको तथ्य हाकाहाकी डट कमलाई प्राप्त भएको छ ।
नयाँ शक्तिमा लागेकाहरुको गतिविधिका कारण नजन्मदै नयाँ शक्ति विवादको घेरामा फसेकाले यतिबेला सबैभन्दा बढी तनाव डा.भट्टराईलाई छ । डा.भट्टराईको राजनीतिक प्रस्तावविरुद्ध परशुराम तामाङले फरक मत प्रस्तुत गरेर भट्टराईलाई मानसिक दबाब दिइएको खबर समेत सतहमा आएको छ ।
नयाँ शक्तिको छलफल सत्रमा पूर्व–सचिव रामेश्वर खनाल र मुमाराम खनालको हानथापका कारण केन्द्रीय समिति नै बनाउन नसकिएको र डा. भट्टराई छलफल सत्रमा पूर्णतः असफल भएको छलफल सत्रका एक सहभागी नेताले हाकाहाकी डट कमलाई लाई बताए ।
नाम उल्लेख नगर्ने शर्तमा ती नेताले बताएअनुसार छलफल सत्रबाट ९९ वा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने बताइएको थियो तर दुई खनालको पद लोलूपता र एमाओवादीबाट नयाँ शक्तिमा बदलिएका र नेपाल सरकारका पूर्व–प्रशासकहरुको आ–आफ्नै स्वार्थका कारण छलफल सत्रमा विवाद भएपछि केन्द्रीय समिति नै गठन गर्न नसकेपछि पुरानै जम्बो टीमलाई निरन्तरता दिइएको हो ।