६ असार, काठमाडौं । निजी ग्यास उद्योगीले आफ्ना नाजाजय माग पुरा गराउन र सरकारी कारबाहीबाट बच्न ग्यास आपूर्ति रोक्ने धम्की दिँदै आएको छ ।
ललितपुरको पाटनमा एचपीको सिलिन्डर पड्केर ३ जनाको मृत्यु भएपछि आपूर्ति मन्त्रालयले एचपी ग्यासको जेठ २ गते (पीडीओ) रोक्का गर्ने निर्णय गर्दै जेठ ३ देखि पीडीओ नै (ग्यास उद्योगीले ग्यास किन्न नेपाल आयल निगममा जम्मा गर्ने अग्रीम भुक्तानी बापतको रकम) रोकेको छ ।
आपूर्ति मन्त्रालयले एचपी ग्यासलाई कारवाही गरेको विरोधमा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले एचपीको पीडीओ रोक्ने निर्णय अन्यायपूर्ण भएको भन्दै ग्यास उद्योगीहरुले भारतबाट ग्यास नल्याउने निर्णय भएको बताएका छन् ।
तर, सरकारले ग्यासलाई अत्यावश्यक सेवाअन्तर्गत राखेको हुँदा नियमअनुसार अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न पाइँदैन ।