१० जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठलाई सोही पार्टीका एक नेताले विभिन्न समयमा विभाजित भएका माओवादीहरु एकता हुँदा किन खुसी भएनन् ? भनी प्रश्न गर्दै अरुले खनेको जग र बनाएको घरमा आएर दादा नबन्न चेतावनी दिएका छन् ।
‘माओवादी टुक्रा-टुक्रामा विभाजित हुँदा खुशी भएका नारायणकाजी, पार्टी एक हुँदा किन खुशी भएनन् ?’ भन्दै माओवादी केन्द्रका नेता गोपाल किराँतीले नारायणकाजी श्रेष्ठलाई पार्टीबाट ननिकालेसम्म पार्टी नसुध्रिने बताएका छन् ।
किराँतीले श्रेष्ठलाई पार्टी भित्रका रोग भएकाले माओवादीभित्र रहुन्जेल सताइरहन्छ भनी आरोप लगाउँदै जनयुद्धमा सहयोग गरे जस्तो गरेर अरुले खनेको जग र बनाएको घरमा आएर दादा नबन्न चेतावनी दिएका छन् । श्रेष्ठको जनयुद्धमा भूमिका के हो ? मूल्यांकन गर्ने बेला आएको किरातीको भनाइ छ ।