१२ जेठ ०७४, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा नेपाल-भारत सीमा सुरक्षा बैठक भएको छ ।
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावलाई ध्यानमा राखी नेपाल-भारत सीमा सुरक्षा बैठक भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको बैठकमा नेपाल तर्फबाट बाँकेका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश तेजनारायण पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णु थापाको सहभागिता रहेको थियो ।
यसैगरी दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले साथै भारत बहराइचका डिएम अजयदिप सिंह र श्रावस्ती जिल्लाका डिएम दिपक मिन्हालगायत उच्च सुरक्षा निकायका अधिकारीहरुको सहभागिता रहेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार निर्वाचनका क्रममा खुला सीमानाका कारण सुरक्षा चुनौती बढ्ने भएकाले त्यसलाई दृष्टिगत गरी मतदानको ४८ घण्टा अगाडी नेपाल-भारत सीमाना शिल गर्ने तयारी गरिएको छ ।