नेपाल र अस्ट्रेलियावीच परामर्श संयन्त्र सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

३० असार ०७४, काठमाडौं । राजधानी क्यानबेरामा अस्ट्रेलिया र नेपालवीच दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्नेबारे  हस्ताक्षेर भएको छ ।

शुक्रबार दिउँसो अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र अस्ट्रेलियाको परराष्ट्र मामिला तथा ब्यापार बिभागका डेपुटी सेक्रेटरी ग्यारी क्युंलानवीच  सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सचिव बैरागीसहित अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पा तथा उपनियोग प्रमुख राजेन्द्र पाण्डे उपस्थित थिए ।

उक्त सहमतिपत्रमा हस्ताक्षर भएपछि राजदूत शेर्पाले -‘आजको सहमति नेपाल र अस्ट्रेलियाको कुटनीतिक सम्बन्धमा गौरव लाग्दो र गतिशील क्षण हो । यसले दुई देशको सम्बन्धमा उचाई हासिल भएको छ । यो सहमतिको अस्ट्रेलियामा भएको नेपाली समुदायले स्वागत गरेको छ’ भने ।

त्यस्तै अस्ट्रेलियाको संघीय सरकारको पूर्वाधार बिभागमा कार्यरत वरिष्ठ अर्थ बिज्ञ डा. कृष्ण हमालले भने-‘यो सहमतिले दुई देशको बीचमा कुराकानी गर्न राम्रो परिपाटीको सुरुवात भएको छ । यसले दुई पक्षीय लगानी, ब्यापार तथा कुटनीतिक सम्बन्ध माथि आगामी दिनमा छलफल गर्न निकै सजिलो बनाउने छ ।’

यो सहमति पत्रमा हस्ताक्षर गर्नु पूर्व सन्ध्यामा बिहीबार राति राजधानी क्यानबेराको नेपाली समुदायले सचिव बैरागी तथा राजदूत शेर्पासंग अन्तरक्रिया गरेको थियो ।

उक्त अन्तरक्रियामा डा. हमाल लगायत अस्ट्रेलिया नेपाल फ्रेन्डसीप सोसाइटीका अध्यक्ष जीवन राणा, एनआरएनए क्यानबेरा कुइनबिनका नवनिर्वाचित संयोजक राजन ढुंगेल, क्यानबेरा नेप्लिस फूटबल कल्बका अध्यक्ष चुणामणि सापकोटा, नेप्लिस अस्ट्रेलियन मेडिकल एण्ड डेन्टल एसोसियशनका अध्यक्ष डा. केशबमणि भट्टराई तथा क्यान्बेरामा क्रियाशील नेपाली संघसँस्थाका पूर्व पधाधिकारीहरुको उपस्थिति थियो ।

तपाइको मत