८ फागुन, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हैदराबाद हाउसमा भएको एक समारोहमा रिमोटमार्फत स्वीच थिचेर ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन उद्घाटन गरेका छन् । उद्घाटनसँगै नेपालले भारतबाट थप ८० मेगावाट बिजुली आउने भएको छ ।
सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात् ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो ।
नेपाल र भारतबीच सम्झौता
हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा सम्झौता तथा समझदारी पत्र आदान प्रदान भएको छ । सम्झौता तथा समझदारी पत्रमा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ ।
भूकम्पपछि भारतले दिन घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन ।
सम्झौताको अर्काे बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट पु¥याइने छ ।