पत्रकार सेवाकालीन तालिम सम्पन्न

२६ कार्तिक ०७४, काठमाडौं । सूचना विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ ललितपुरको संयोजनमा सञ्चालित पत्रकार सेवाकालीन तालिम सम्पन्न भएको छ ।

तिन दिनसम्म चलेको प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई वरिष्ठ पत्रकार तथा प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक डा. सुरेश आचार्य, वरिष्ठ पत्रकार तथा  वरिष्ठ पत्रकार तथा नागरिक दैनिकका सम्पादक गुणराज लुईटेल, गोरखा पत्र दैनिकका पुर्व सम्पादक पुस्कर माथेमा,  खोज पत्रकारिता केन्द्रका सम्पादक तथा वरिष्ठ पत्रकार शिव गाउँले लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक डा. आचार्यले मिडियाको प्रवृत्तिमा अहिले आएको टेक्नोलोजिको कारणले गर्दा मिडिया भन्दा नागरिक धेरै अघि रहेकोले बताए । उनले नेपालको पत्रकारिता इतिहास, विषय बस्तुका धार र समाचारलाई कसरी विश्वासनीय बनाउने भन्ने विषयमा जानकारी गराएका थिए ।

त्यस्तै, प्रशिक्षकहरुले समाचार कसरी लेख्ने, समाचार सम्पादन कसरी गर्ने र तथ्य र सत्य समाचार कसरी बनाउन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

समापन समारोहमा सेवाकालीन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सूचना विभागको महानिर्देशक वीरबहादुर राई र  प्रमुख प्रशिक्षक डा. सुरेश आचार्यले प्रमाण पत्र  प्रदान गरेका थिए ।

तपाइको मत