परराष्ट्रमन्त्री चीन प्रस्थान, इन्धन आपूर्ति र पारवहन मुख्य एजेण्डा

८ पुस, काठमाडौं ।

Kamal-Thapaपरराष्ट्रमन्त्री कमल थापासहित कानूनमन्त्री अग्नि खरेलको टोलीचीन भ्रमणमा गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले खुला व्यापार नीतिको अवधारणा अनुसार सम्बन्ध अघि बढाउन र परवहनबारे उपयुक्त संयन्त्र निर्माणको प्रयास हुने बताए ।

नेपालमा इन्धन सङ्कट चुलिएसँगै चीन नेपाललाई इन्धन दिन तयार रहेको तर नेपालले कर छुट मागेकाले दुई देशको उच्चस्तरमा कुराकानी गर्नु पर्ने भएपछि परराष्ट्रमन्त्री थापाको चीन भ्रमण तय भएको हो । र, नेपाल आयल निगम र पेट्रो चाइनाबीच वार्ता भइरहेको अवस्था छ ।

तपाइको मत