परिवार दलका अध्यक्ष ढकाल एमालेको बन्दसूचीमा !

१८ कार्तिक ०७४, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकाल प्रतिनिधि सभा सदस्य पदमा  एमालेको समानुपातिक कोटामा खसआर्यबाट उच्च प्राथमिकतामा परेका छन् ।

एमालेले खस आर्यको कोटामा आफ्ना ४ जना स्थायी कमिटिका नेताहरुपछि परिवार दलका अध्यक्ष ढकालको नाम समावेश गरेको छ ।

एमालेका नेताहरु मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, पुष्पराज कँडेल र देवराज घिमिरेपछि एकनाथ ढकालको नाम रहेको छ । प्रतिनिधि सभा सदस्यको रोलक्रममा ढकालको नाम ३७औं नम्बरमा रहेको छ ।

 

नेपाल परिवार दलले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको लागि भन्दै एमालेसँग असोज २० गते चुनावी गठबन्धनको लागि तीन बुँदे सहमति गरेको थियो ।

परिवार दलले प्रतिनिधि सभामा दुई र प्रत्येक प्रदेशमा एक-एक जना उम्मेदवारी पाउनु पर्ने माग एमालेसँग गरेको थियो ।

प्रतिनिधि सभामा एक सिट मात्र परिवार दलले पाए पनि भविष्यमा राज्य संयन्त्रका विभिन्न पक्षमा परिवार दललाई स्थान दिने आश्वासन एमाले दिएको छ ।

परिवार दलको आव्हान सूर्यमा मतदान भनेर निर्वाचनमा सहभागी हुने सो दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

तपाइको मत