पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख निरौला तीन करोड धरौटीमा छुटे

२२ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख सुभाष निरौला तीन करोड धरौटी वुझाएर छुटेका छन् ।

भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका, वोर्डमा रहँदा १ अर्व भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै विशेष अदालतले धरौटी माग गरेको थियो । ३ करोड रुपैयाँ बरावरको वैंक ग्यारेन्टी देखाएर निरौला मुद्दा दायर भएको एक वर्षपछि विशेष अदालतमा हाजिर हुँदै  रिहा भएको विशेष अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलेले बताए । निरौलाले सिद्धार्थ बैंकको ग्यारेन्टी राखेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि पहिलो पेसी पुस १४ गतेलाई तोकिएको थियो ।

अख्तियारले तत्कालीन २ बहालवाला सचिवसहित बोर्ड र त्यससँग सम्बन्धित २३ जना कर्मचारीले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको थियो ।

तपाइको मत