प्रचण्ड भारतपरस्त भएको नेमकिपाको आरोप

१९ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतपरस्त भएको आरोप लगाउँदै उनको विरुद्धमा मतदान गर्ने निर्णय गरेको छ ।

मजदुर किसान पार्टीको बुधबारको बैठकले २०६५ सालमा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री रहेकै बेला बाढीको वाहनामा भारतले कोशी व्यारेजमा सैनिक क्याम्प स्थापना गरेको र हालसम्म पनि त्यो यथावत रहेकोले प्रचण्ड राष्ट्रघाती भएको दावी गरेको छ ।

नेमकिपाले सीमा स्तम्भ हराउँदा, सीमा मिचिँदा र तिलाठी घटनामा समेत माओवादी केन्द्रले कुनै प्रतिवाद नगरेकोले ऊ भारत परस्त रहेको प्रमाणित भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

NMKP (1)

तपाइको मत