२३ बैशाख, काठमाडौं ।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा आफूले राष्ट्रिय सहमतीय सरकारको कुरा गर्दा बहुमतीय सरकार गठन हुने परिस्थिति सर्जना भएकाले पछि हटेको बताएका छन् ।
बिहीबार काठमाडौंमा कार्ल माक्र्सको १९८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको कुरा गर्दा सरकार गिराउने खेलमा लागेको भन्ने आरोपको प्रतिवाद गरे । यद्यपि, एकीकृत नेकपा माओवादीलाई राष्ट्रिय सहमतीय सरकारको नेतृत्व गर्न आग्रह गरेकोमा नेपाली कांग्रेसलाई धन्यवाद दिए ।
देश असामान्य स्थितिबाट गुज्रिरहेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति नभए देश सङ्कटमा पर्न सक्ने औंल्याए ।
उनले संविधान बनाउन रोक्ने शक्तिले अहिले कार्यान्वयनमा व्यवधान खडा गरेको बताए । साथै, संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमति र एकता आवश्यक रहेको बताए ।
संविधान कार्यान्वयन गर्न रोक्ने शक्ति कुन हो ?
एमाओवादी अध्यक्ष प्रचण्डले संविधान बनाउन रोक्न शक्ति (राजनीनिक दल)को नाम किटान गरेर सार्वजनिक रुपमा कुनै टिका टिप्पणी गरेका छैनन् । रुपमा हेर्दा संविधान बनाउन र कार्यान्वयनमा रोक्ने शक्ति भन्नाले नयाँ संविधान बहिष्कार गर्ने राजनीतिक दलहरु भन्ने अर्थ लाग्न सक्छ ।
तर, हाकाहाकी डट कमलाई स्रोतले बताए अनुसार माओवादी पार्टीहरुको एकता सन्दर्भमा प्रचण्ड निवास लाजिम्पाटमा माओवादीका विभिन्न घटकसँगको कुराकानीका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले संविधान बनाउन रोक्ने र यसको कार्यान्वयनमा समेत बाधा पु¥याउनेहरुको बारेमा गोप्य कुरा बाहिर ल्याएका छन् ।
स्रोतकाअनुसार एमाओवादी अध्यक्ष प्रचण्डले पहिलो संविधानसभाबाट नै अहिलेको भन्दा प्रगतिशील संविधान जारी गर्न भरमग्दुर कोशिस गरेका थिए । उनको खल्तीमा दुई तिहाईभन्दा बढी सभासद्हरुको हस्ताक्षर भएर पनि अन्तिम घडीमा उपेन्द्र यादव र राजेन्द्र महतोले नयाँ संविधानमा हस्ताक्षर गर्न मञ्जुर नभएपछि ती हस्ताक्षर अलपत्र परेको थियो ।
पहिलो संविधानसभामा मधेश र मधेशी समुदायबाट उल्लेख्य सभासदहरु्को प्रतिनिधित्व एवम् सहभागिता थियो । त्यसैगरी तत्कालिन सरकारमा समेत ५१ प्रतिशतको हाराहारीमा मधेशी समुदायका मन्त्रीहरु थिए तर उनीहरु त्यतिबेला संविधान जारी गर्न अनिच्छुक भएकाले संविधान बन्न सकेन् । सोत भन्छ, पछिल्लो समयमा मधेशका जनतालाई भ्रम दिँदै नाकाबन्दी गर्न हौसाएर आन्दोलनमा मर्न उक्साउने उपेन्द्र यादव र राजेन्द्र महतोहरु नै संविधान बनाउन र कार्यान्वयन गर्न रोक्ने बाधक शक्ति हुन् ।
‘उपेन्द्र यादव र राजेन्द्र महतोहरु यतिबेला आन्दोलनमा छन् आन्दोलनकै चर्का कुरा गरिरहेका पनि छन् । तर, यिनीहरुले अन्तिममा हस्ताक्षर नगर्दा पहिलो संविधानसभाबाट प्रगतिशील संविधान जारी हुन सकेन । यी कुराहरु आधारभूत तहका मधेशी जनतासम्म पु¥याएर पर्दाफास गर्नुपर्छ, त्यसपछि यिनीहरुको के हालत हुन्छ ? प्रचण्डलाई उदृत गर्दै स्रोत भन्छ– ‘आफूहरु मात्रै मधेशका मुक्तिदाता हुँ भन्ठान्ने उपेन्द्र यादव, राजेन्द्र महतो र महन्त ठाकुरहरु एकातिर संसद बहिष्कार गरेर मधेशी जनतालाई आन्दोलन गर्न उक्साइरहेका छन् । सांसदको भत्ता चाहिँ खाइरहेको छन् । अर्कोतिर त्यही बहिष्कार गरेको संसदमा रातारात प्रधानमन्त्रीको चुनावमा मतदान गर्न पनि आइपुगेको तथ्य कसैबाट छिपेको छैन् । यसर्थ, आकाशवाणीबाट सञ्चालन भएपछि समस्या जटिल बनेको चाहिँ पक्का हो ।
देशको जिम्मेवार मन्त्री बनिसकेका नेताहरु एउटा राजदूतको निम्तोमा ताँती लागेर दूतावासमा डिनर खान पुग्ने साथै दिल्ली दरबारको निमन्त्रणामा लाइन लागेर दर्शनार्थी झैं दूतावास पुग्नेहरुका कारण समस्या आएको हो ।