२२ जेठ, दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेडक्वाटर सदस्य मातृका यादव शनिबार बिहान खिम्ती जलविद्युत परियोजना स्थलमा सँगै देखा परे ।
दोलखा जिल्ला पार्टीको सम्मेलन उद्घाटन गर्न शुक्रबार चरिकोट पुगेका प्रचण्ड शनिबार बिहान खिम्ती जलविद्युत अवलोकन गर्न पुगेपछि परियोजनाका प्रमुख श्यामप्रसाद भट्टले स्वागत गर्दै प्रचण्डलाई परियोजनाको निर्माणदेखि यसले जनतालाई पुर्याएको सेवा र सुविधाका बारेमा ब्रिफिङ गरेका थिए ।
६० मेगावाटको खिम्ती जलविद्युत आयोजना सन् १९९६ मा शुरु भएर सन् २००० मा सम्पन्न भएको थियो । एशियाली विकास बैंक, विश्व बैंक, नर्वे लगायतको सहयोगमा बनेको परियोजनाले रामेछाप र दोलखा जिल्लाका ११ गाविसमा जनतालाई सेवा दिइरहेको छ ।