६ जेठ ०७४, कैलाली । क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेम भट्टले प्रदेश नं. ७ का नौ जिल्लामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको बताएका छन् ।
प्रदेश नं. ७ को निर्वाचन मिति सारिएसँगैं स्थगित भएको स्थानीय तहको निर्वाचन सम्बन्धि मतदाता शिक्षा कार्यक्रम जेठ ३१ गते हुन गइरहेको निर्वाचनका लागि पुनः सुरू गरिएकाे हाे ।
बैशाख ३१ गते हुने भनिएको निर्वाचन जेठ ३१ गते सरेपछि बैशाख १ गते देखि सुरु गरिएको मतदाता शिक्षा कार्यक्रम १२ गते देखि स्थगित भएकाे थियाे ।
मतदाता शिक्षा कार्यक्रम र निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण दिनेलगायतका कार्यक्रम शुक्रबारबाटै सुरु भएको छ ।
प्रदेश नं. ७ का ९ जिल्लामा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित ८८ वटा स्थानीय तह रहेका छन् ।
एक हजार ७८० मतदान केन्द्र रहेकाे ९ जिल्लामा १३ लाख ३ हजार ७१४ मतदाता छन् ।