प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा हुने

१ असार ०७४, काठमाडौं । सरकारले २ नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गराउने भएको छ । तर, १, ५ र ७ नम्बर प्रदेशमा भने घाेेेषित मिति असार १४ गते नै हुनेछ ।

निर्वाचन आयोगको असहमतिका बीच बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुको बैठकले निर्वाचन सार्ने सहमति गरेकाे हाे ।

मन्त्रिपरिषद् बैठकले २ नम्बर प्रदेशको चुनाव सारिएकाे बारे औपचारिक निर्णय गर्ने एक नेताले बताएका छन् ।

उनले भने, ‘२ नम्बर प्रदेशको चुनाव सारेर असोज २ गते गर्नेबारे छलफल भएकाे छ ।’

चुनावकाे मिति सरे पनि अहिलेसम्म राष्ट्रिय जनता पार्टी नेपालले चुनावमा आउने प्रतिबद्धता जनाएको छैन ।

राजपा नेपालसँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

छलफलमा आयोगले चुुनाव नसार्न सुझाव दिएको भए पनि उक्त सुझावलाई अस्वीकार गर्दै कांग्रेस र माओवादी केन्द्रले राजपा नेेेेपालसँग चुनाव सार्ने सहमति गरेका छन् ।

 

तपाइको मत