९ जेठ ०७४, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा दिउँसो १ बजे गर्ने भनिएको विशेष सम्बोधनको समय परिवर्तन भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद र दलहरुबीचको बैठकका कारण समय परिवर्तन गरी दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
यसअघि प्रचण्डले दिउँसो १ बजे सम्बोधन गर्ने समय तय भएको थियो ।
अहिले बालुवाटारमा कांग्रेस एमालेका नेताहरुसाग बैठक चलिरहेको छ ।
त्यसलगत्तै १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
स्राेत भन्छ, `अाज प्रधानमन्त्रीले संसदलाई विशेष सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने सम्भावना छ ।´