५ बैशाख, काठमाडौं ।

गच्छदारले मधेसी मोर्चा र अन्य सन्तुष्ट पक्षका मागलाई संविधान संशोधनभन्दा अर्को बिकल्पबाट समाधान गर्न नसकिने बताए । मोर्चाको आन्दोलनबारे सञ्चारकर्मीको एक प्रश्नमा गच्छदारले ‘मधेसी मोर्चाले गरिरहेको आन्दोलन कसको कुन शक्ति र ताकतबाट भइरहेको छ’ आन्दोलनमा रहेका मधेशी मोर्चाका नेताहरुलाई नै सोध्न आग्रह गरे ।
उनले मधेस आन्दोलनमा निधन भएका व्यक्तिका सबै परिवारले सरकारले दिएको दश लाख रुपियाँ पाइसकेको बताउँदै घाइतेले उपचार खर्च नपाएका हुन् भने त्यसलाई पूरा गराउन लाग्ने बताए ।