१२ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालमा सघाउँदै आएका छिमेकीले पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नु गलत नभएकाे बताएका छन् ।
साेमबार व्यवस्थापिका संसदलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा अाफूमाथि भएकाे अालाेचनाकाे खण्डन गर्दै साे कुरा बताएका हुन् ।
‘नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संक्रमणकालमा सघाउदै आएका छिमेकी मित्रराष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नु नाजायज होइन’ प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो संविधान कार्यान्वयनका विषयमा कुनै पनि छिमेकीको हस्तक्षेप स्वीकार्य हुने छैन ।’
उनले संविधान संशोधनका विषयलाई राजनीतिक दलबाट व्यक्त विचार र सञ्चारमाध्यममा आएका टिप्पणीरबारे अाफ्नाे ध्यानाकर्षण भएको बताउँदै राष्ट्रिय प्राथमिकताका विषयबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु स्वभाविक विषय भएकाे बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो राष्ट्रिय प्राथमिकताका विषयबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक विषय होइन ।’