फुटबलर विमल घर्ती मगरकी बहिनी मृत फेला

१३ जेठ, काठमाडौं । नवलपरासीस्थित आफ्नै घरमै फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मृत फेला परेकी छन् । मनिषाले राति अबेरसम्म फेसबुक चलाएको देखिएको छ ।

बेल्जियममा रहेका दाई विमललाई मनिषाले २२ घण्टा अगाडि धन्यवाद दिएको फेसबुकमा देखिएको छ । उनले आफ्नो दाई विमललाई अन्तिम शब्दमा लेखेकी छिन्- ‘थ्याङ्क्यू ब्रो एण्ड मिस यू टू ।’

केही दिन अगाडि फेसबुकमा ‘आई जस्ट वान्ना स्लिप फोरेवर’ अर्थात ‘म सधैका लागि सुत्न चाहन्छु’ भन्ने शब्द लेखिएको एउटा फोटो राखेकी थिइन् । जसले मनिषा तनावमा रहेको देखिएको छ ।

bimal-sister

प्रहरीले मनिषाको मृत्युपछि उनका प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे पत्ता लगाउने प्रयास गरिरहेको छ ।

तपाइको मत