९ साउन ०७४, सप्तरी । सप्तरी जिल्लाको बाढी प्रभाबित क्षेत्रमा नेपाल विद्यार्थी संघ २ नम्बर प्रदेशको अयोजनामा बृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सप्तरी जिल्लाको बाढी प्रभाबित क्षेत्रमा नेपाल विद्यार्थी संघ २ नम्बर प्रदेशको अयोजनामा बृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन भएको हो । जिल्लाको त्रिहुत गाउँपालिका अन्तरगत रहेको बाढी प्रभावित क्षेत्रलाई लक्षित गर्दै आयोजना गरेको शिविरमा स्थानियहरुले लामो समय देखि प्रभावित क्षेत्रमा बसेकोले विभिन्न किसिमको रोगबाट ग्रसित भएको भन्दै ५ सय विरामीहरुलाई सेवा प्रदान गरेको हो ।
शिविरमा गजेन्द्रनरायण सिंह सगरमाथा अञ्चल अस्पताल, विपीकोईराला विज्ञान प्रतिष्ठान धरानका एक दर्जन कन्सल्टेन्ट चिकित्यसकहरुले चेक जाच गरेर निःशुल्क औषधी समेत वितरण गरेको छ ।
स्वास्थ्य शिविर कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रधामन्त्रीका राजनैतिक सल्लाहकार बिश्व प्रकाश शर्माले बाढी प्रभावितलाई स्वास्थ्य परीक्षण गरी स्वथ्य सेवाका लागि हामी जुनसुकै बेला पनि तयार रहेको जनाउँदै विरामीलाई सेवा प्रदान गर्न ६ लाख बरावरको औषधी उपलब्ध गराई निः शुल्क वितरण गरेको बताउनु भयो ।
एकदिने स्वास्थ्य शिविरमा नेवि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, नेवि संघका सह– महामन्त्री राजेश रौनियार, प्रदेश नं.२ का संयोजक संजय यादव, पुर्व महामन्त्री प्रतिमा गौतम, पूर्व केन्द्रीय सदस्य नन्दकिशोर यादव, नेवि संघ सप्तरीका जिल्ला सभापति घनानन्द यादव, सप्तरी क्षेत्र नं. २ का क्षेत्रिय सभापति बद्री प्रसाद महात्मान यादव, पूर्व जिल्ला सभापति घनश्याम यादव, गैसस लोकतान्त्रिक सप्तरीका अध्यक्ष अर्जुन यादव, युवा नेता कृष्णदेव यादप (पिन्टु) लगायतको शिविरमा उपस्थिति रहेको थियो ।